इलामले नहेरेको र झापाले नदेखेको गाउँ ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इलामले नहेरेको र झापाले नदेखेको गाउँ !

bhauban

खगेन्द्र घिमिरे
झापा, १७ असार । झापा र इलामसँग सीमा जोडिएको बहुवनमा विद्युत विस्तार गरिएपनि समयमा मर्मत नहुँदा बेला–बेला अन्धाकार हुन्छ । काठ र बाँसको पोलबाट बिद्युतीय तार विस्तार गरेकाले अन्धकार हुने गरेको छ ।

झापाको मेचीनगर ३ र इलामको दक्षिणपूर्वी रोङ गाउँपालिकाको बहुवनका बासिन्दाले वर्षाैंदेखि विद्युतसम्बन्धी समस्या झेलिरहेका छन् । इलामले देख्न नसकेको र झापाले पहुँच पुर्‍याउन नसकेको बहुवनका बासिन्दा अव त सम्बन्धीत निकायको मुख ताक्न पनि दिक्क लागेको बताउँछन् ।

झापाको पूर्वीत्तर र इलाकको दक्षिणपूर्वी क्षेत्रमा पर्ने यो गाउँ अहिले सरकारले घोषणा गरे अनुसार मेचीनगर र रोङ गाउँपालिकामा समावेश भएको छ । विगतमा नगरपालिका नहुँदा पनि यस्तै थियो अहिले हुँदा पनि यस्तै रहेको स्थानिय गोपाल खतिवडाले बताए ।

गाउँमा जुनसुकै काम गर्दा गाउँलेनै अघि सर्नुपर्ने तर जस चाहिँ काम नगर्ने निकायले लिने गरेको स्थानीय देबी गुरागाईँको भनाइ छ । स्थानीय जनताबाट आर्थीक संकलन नगरी केही गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

यस क्षेत्रका स्थानियहरु आफ्नो गाउँको परिचय दिँदा इलामले नहेरेको र झापाले नदेखेको गाउँ भन्छन् । फलफूल, नगदेबालीसहित अन्न भण्डारको रूपमा रहेको यो क्षेत्रमा हालसम्म सरकारी निकायले किसानको पक्षमा ठोस् कदम नचालेको स्थानीय घनश्याम थापाले बताए ।

यस बस्तीको मुख्य आयआर्जनको माध्यम नै कृषि र पशुपालन हो । चुरे क्षेत्रमा पर्ने उर्भरा यहाँको जमिनमा सुपारी, केरा, नरिवल, मरिचलगायत फलफूलको खेती व्यापक हुन्छ तर परम्परागत ढंगले मात्रै हुँदै आएको छ । जसले गर्दा किसानले चित्त बुझ्दो उत्पादन गर्न सकेका छैनन् । सम्भावना भएर पनि यहाँ विद्युत तथा सिंचाइ सुविधा नहुँदा समस्या हुने गरेको स्थानियको गुनासो छ । बहुवन क्षेत्रमा प्रमुख समस्याका रुपमा बिद्युत रहेको छ । यस क्षेत्रका स्थानियहरु बत्ती मुनिको अँध्यारोमा बस्न बाध्य रहेका छन् ।

हरेक महिना बिजुलीको बिल तिर्न इलामको फिक्कल पुग्नु पर्ने बिडम्वना रहेको स्थानीय बताउँछन् । लाइन जादा झापाबाट बिजुली काटिन्छ । तर, हरेक महिना महसुल बुझाउन भने इलाम जानुपर्ने अवस्था रहेको छ । गाउँका सबै क्षेत्रमा बिजुली पुग्न सकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);