दाङमा करिब २० करोडको लगानीमा फन पार्क सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा करिब २० करोडको लगानीमा फन पार्क सञ्चालन

विकास डाँगी,

दाङ । दाङ जिल्लामा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् । ति मध्य केही प्राकृतिक हुने भने केही निर्माण गरिएका छन् । जिल्लामा निर्माण गरिएका पर्यटकीय स्थल मध्ये घोराही उपमहानगरपालिका १० अमराईमा रहेको दाङ फन भ्याली नाम फनपार्क सञ्चालनमा आएको छ ।

पार्क सञ्चालनमा आएपछि अहिले स्थानीय पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका १० की सिता नेपालीले आफूले यस ठाउँमा सुविधा युक्त पार्क सञ्चालनमा आएको थाहा पाएपछि घुम्न आएको बताइन् । उनले अन्य पार्क भन्दा यस पार्क धेरै राम्रो लागेको बताइन् ।

उनले भनिन्,‘ यस पार्कमा बच्चाहरू देखि ठूला मानिसहरू पनि रमाउने ठाउँ रहेछ । अझै धेरै संरचनाहरू बन्दै रहेछन् । अझै व्यवस्थित गर्नु पर्ने देखिन्छ ।’ त्यस्तै उनले घोराही र तुलसीपुरको बिच भागमा रहेको र यातायातको पनि सहज हुनाले पनि यो ठाउँमा जिल्लाका मात्र नभइ बाह्य पर्यटकहरू पनि घुम्न आउने बताइन् ।

त्यस्तै सोही पार्कमा घुम्न आएका घोराही उपमहानगरपालिका ११ का श्रीमन न्यौपानेले अन्य ठाउँमा पार्क भन्दा यो प्राकृति पार्क जस्तो देखिने बताए । उनले देशमा विभिन्न पार्कहरू घुमेको भन्दै यो पार्क बनाएको भएयता पनि हेर्दा प्राकृतिक जस्तो देखिने समेत बताए । यो पार्क जिल्ला मै ठुलो लगानीमा भएको भन्दै यसले जिल्लाको विकासमा मद्दत पु¥याउने समेत उनको भनाइ थियो ।

उनले भने,‘ अन्य ठाउँको पार्कमा धेरै बच्चाहरू लागि मनोरञ्जन मात्र रहेका हुन्छन् । तर, बच्चाको लागि मात्र नभइ ठूला मानिसहरू पनि रमाउने ठाउँ रहेछ । मनोरञ्जन देखि बस्न, ठाउँ र ठूला ठूला पार्टीहरू गर्न सकिने ठाउँ पनि बनेको छ ।’

जिल्लाका अन्य पार्क भन्दा दाङ फन भ्याली नाम फन पार्क ठुलो रहेको घोराही उपमहानगरपालिका १४ का राजेन्द्र बन्जाडेले बताए । त्यस्तै उनले जिल्लामा धेरै पर्यटकीय ठाउँहरू रहेको भएयता पनि कतिपय ठाउँमा जानको लागि समस्या रहेको भन्दै यस पार्कमा हप्तामा एक पटक परिवारसँग घुम्न आउन पनि त्यति समस्या नहुने बताए । उनले घोराही तुलसीपुर सडक खण्डले छोएको ठाउँमा रहेकाले पनि यहाँ आउनको लागि यातायात समस्या पनि नहुने बताए । त्यस्तै उनले पनि यस पार्कमा धेरै संरचनाहरू थप्न बाँकी रहेको भन्दै यति ति संरचनाहरू थपिए भने यसले जिल्लालाई नै चिनाउने दाबी गरे ।

कोरोना महामारी कारण थलिएको होटल तथा पर्यटन व्यवसायलाई सामान्य अवस्थामा अझै फर्किएका छैनन् । तर, जिल्लाका केही युवाहरूको संयुक्त लगानीमा यो पार्क सञ्चालनमा आएको हो । करिव २० करोडको लगानीमा दाङ फन पार्क सञ्चालनमा आएको संचालकहरुको भनाइ छ ।

करिब २ वर्षदेखि जिल्ला मै फरक र उच्च प्रविधि युक्त भौतिक संरचना निर्माण थालेको यस पार्कलाई पर्यटकहरूको मागलाई मध्यनजर गर्दै कोरोना कहरकै बिच पनि सञ्चालनमा ल्याइएको हो ।

फनपार्कमा गेस्ट रुम, पाटी प्यालेस, रेष्टुरेन्ट, इन्डोर गेम, लाइज जिम, ब्याडमिन्टन कोट, बाल उद्यान, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्विमिङ पुलको व्यवस्था गरिएको पार्कका महाप्रबन्धक नरेश कुमार श्रेष्ठले बताए । उनका अनुसार पिकनिकको लागि पनि छुट्टै व्यवस्था समेत गरिएको र निश्चित रकम लिएर पिकनिक खान दिइने छ । अहिले वाटर पार्क, स्विमिङ पुल बाहेकका सेवा सुरु भइ सकेको समेत उनले बताए । त्यस्तै थप अन्य संरचनाहरू थप्ने काम भइरहेको समेत उनले बताए ।

फन पार्कमा बालबालिकाहरू मात्र नभइ उनको अभिभावकहरू पनि रमाउन सक्ने खालका विभिन्न संरचनाहरू तयार परिएको उनको भनाइ छ । हालसम्म करिव १५ करोडको लगानी लागी सकेको र अझै पुर्ण रुपमा तयार हुन ५ करोड लगानि लाग्ने दाङ फन भ्याली पार्कका अध्यक्ष मिनराज घिमिरेले बताए । उनका अनुसार कोरोनाका कारण सामग्रीको मूल्य वृद्धि भएकाले लागत बढ्ने देखिएको छ ।

जिल्लामा विभिन्न क्षेत्रमा काम गर्ने तथा ब्यबसाय गर्दै आएका ११ जना व्यक्तिको लगानीमा फनपार्क सञ्चालनमा आएका समेत उनले बताए । फनपार्क ३ विगाह ५ कठ्ठा जग्गा भाडामा लिएर सञ्चालन गरिएको समेत उनको भनाइ छ । एकै स्थानबाट धेरै सुविधा सहितको यस पाकै जिल्ला मै पहिलो रहेको सञ्चालकहरुको दावी छ ।

त्यस्तै विद्यार्थीहरुलाई अध्ययनका लागि सहज बनाउन चिडियाखाना र संग्रहालय समेत बनाउने लक्ष्य रहको अध्यक्ष घिमिरेले बताए । अहिले पार्कमा ५० जनाले रोजगारी पाएका छन् । यसले थोरै भए पनि रोजगारीको सृजना गर्ने सञ्चालकहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);