झापामा गोरुगाडा संग्रहालय सहितको राष्ट्रिय पार्क बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

झापामा गोरुगाडा संग्रहालय सहितको राष्ट्रिय पार्क बन्ने

jhapa gorugada

झापा,  १९ मंसिर । विश्वकै सबैभन्दा पुरानो यातायातको साधनका रुपमा प्रयोग हुँदै आएको गोरुगाडाको झापामा संग्रहालय बन्ने भएको छ । संग्रहालय सहितको नेशनल पार्क बनाउने उद्देश्यले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईले अहिले गोरु गाडाका चक्का संकलन गरिरहनु भएको छ । करिव दुई सय करोडको लागतमा पार्क निर्माण गर्न लागिएको हो ।

नेपालका केही ग्रामिण भेगहरुमा अझै पनि गोरुगाडाको प्रयोग भईरहेको भएपनि विश्वबाट नै गोरुगाडालाई आधुनिक यातायातका साधनहरुले विस्थापित गरिरहेको छ । यसरी विस्थापित हुन लागेको गोरुगाडाको चक्काहरुको सकंलन गरी झापामा संग्रहालय सहितको पार्क बनाउन लागिएको छ ।

झापाका स्थानीय युवा व्यवसायी रोशन प्रसाईको अग्रसरतामा विभिन्न समयका गोरुगाडाका चक्काहरुको सकंलन गरी संग्रहालय सहितको पार्क निर्माण गर्न लागिएको हो । हालसम्म पूर्वका विभिन्न जिल्लाबाट झण्डै १ हजार ६ सय बढी चक्का संकलन गरेर पार्कको प्रारम्भीक काम शुरु भएको छ ।

झण्डै २ सय करोड रुपैयाँको लागतमा निर्माण हुने नेशनल पार्कका लागि अझैं १ हजार भन्दा बढी गोरु गाडाका चक्का आवश्यक रहेको बताइएको छ । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै झापामै गोरु गाडाको चक्काबाट नेशनल पार्क बनाउने उद्देश्यले पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ७० प्रतिशत गोरु गाडाका चक्का संकलन गरिसकेको प्रसाईको भनाई छ ।

२०७२ सालबाट गोरुगाडाको चक्का संरक्षण गर्दै आउनु भएका प्रसाइले बिर्तामोड– ५ र अर्जुनधारा नगरपालिका –६ देवी वस्तीमा पार्क निर्माणको काम शुरु गर्नुभएको छ । ५ विगाह क्षेत्रफल भित्र ‘द नेशनल गार्डेन अफ नेपाल’ नाम दिएर निर्माण थालिएको पार्क निर्माणसंगै आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पार्कमा ३ सय बर्ष पुराना गोरुगाडाका चक्काहरु सकंलन समेत संकलन गरिएका छन् ।

आवश्यक सम्पूर्ण चक्काको संकलन पुरा भएपछि विषेश योजना बनाएर व्यवस्थित पार्कको निर्माण गर्ने योजना बनाइएको छ । डेढ वर्षभित्रै झापामा दक्षिण एशियाकै नमूना पार्क निर्माण गर्ने र पार्कमा जमिनबाट ८१ फिट उचाइमा नेपालको झण्डा राख्ने योजना बनाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);