मुआब्जा कम भएको भन्दै बुढीगण्डकी सरोकार समितिको प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मुआब्जा कम भएको भन्दै बुढीगण्डकी सरोकार समितिको प्रदर्शन जारी

काठमाडौं, १९ मंसिर । बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै त्यस क्षेत्रका बासिन्दाहरुले राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बिहीबार पनि मुआब्जा कम भएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुल्य निर्धारण पुनर्विचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेको बताउनुभयो । उहाँले आफुहरुको सहमति बिना मूल्य निर्धारण गरिएकाले आफुहरुलाई मान्य नहुने बताउनुभयो । उनीहरुले तत्काल आफुहरुसँग वार्तागरी पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);