मुआब्जाको माग गर्दै बुढीगण्डकी डुबान क्षेत्रका बासिन्दा हड्तालमा उत्रिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ, १२ कार्तिक । चर्चित बुढीगण्डकी जलाशययुक्त आयोजना डुबान क्षेत्रका प्रभावितले सयममा नै मुआब्जा निर्धारण र वितरणको माग गर्दै हड्ताल सुरु गरेका छन् । उनीहरुले दुई दिने हड्ताल गरेका हुन् ।

हड्तालका कारण धादिङको त्रिपुरा सुन्दरी र गोरखाको आरुघाटमा विद्यालय तथा बजार बन्द छ । बुढीगण्डकी जलाशययुक्त आयोजना सरोकार समिति आरुघाटका अध्यक्ष दिनेशकुमार ढकालले दिएको जानकारी अनुसार आइतबार आरुघाट र त्रिपुरा सुन्दरी गाउँपालिका घेराउ गर्ने कार्यक्रम रहेको छ ।

आयोजनाका कारण प्रभावित हुने धादिङको खहरे र गोरखाको आरुघाट लगायत बजार क्षेत्रको मुआब्जा अझै निर्धारण गरिएको छैन भने निर्धारण गरिएका कतिपय ठाउँको मुआब्जा वितरण पनि भएको छैन । आयोजनाले जनशक्ति र कर्मचारीको अभाव देखाउँदै मुआब्जा निर्धारण र वितरणमा आलटाल गर्दा त्यस क्षेत्रका बासिन्दा अलमलमा परेका छन् ।

आयोजना प्रभावितलाई मुआब्जा दिन यो आर्थिक वर्षमा १० अर्ब बजेट विनियोजन गरे पनि वितरणको काम सुरु हुन सकेको छैन । मुआब्जा वितरण र प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरणको व्यवस्था नहुँदा भूकम्प प्रभावितहरु घर निर्माण गर्न समेत दोधारमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);