बुढीगण्डकी प्रभावितले गरे काठमाडौंमा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बुढीगण्डकी प्रभावितले गरे काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, १८ मंसिर । बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बुधबार राजधानीमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

सरोकारवालाहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट आर्खेत (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

पूर्व सांसद चिनकाजी श्रेष्ठले सरोकारवालाहरुको माग विपरित धेरै कम मुल्य निर्धारण भएको बताउनुभयो । यो भन्दा पहिले सहमति गरेर मुल्य निर्धारण गरिएको भएपनि यसपटक सरकारले गैरकानुनी ढंगबाट मुल्य निर्धारण गरिएको उहाँले बताउनुभएको छ ।

पूर्व सांसद श्रेष्ठले तत्काल सम्बन्धित क्षेत्रका स्थानीयहरुसँग वार्ता गरेर मुल्य निर्धारण पुनरावलोकन नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

प्रदर्शनका क्रममा सरोकारवालाहरुले ‘अव्यवहारिक मुअब्जा निर्धारण मुल्य मान्दैनौं, घोषित मुआब्जा चाँहिदैन, घरजग्गाको एकमुष्ट मुल्याङ्कन गर’ लगायतका नारा लगाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);