रुकुममा छनौट भए ९ सय म्यादी प्रहरी, आजदेखि तालिम सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

रुकुम, १२ कार्तिक । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि रुकुममा ९ सय ७ जना म्यादी प्रहरी छनौट भएका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले सार्वजनिक गरेको नतिजा अनुसार पूर्वी रुकुमका लागि ३ सय १ र पश्चिम रुकुमका लागि ६ सय ६ जना म्यादी प्रहरी छनोट भएका हुन्।

छनोट भएकामध्ये ६ सय ८१ पुरुष र २ सय २६ जना महिला रहेको छन्। यस्तै १ सय ८२ जना भने वैकल्पिक सूचीमा परेका छन्। छनोटमा पर्न सफल म्यादी प्रहरीले आजदेखि सुरक्षासम्बन्धी तालिम लिने छन्।

म्यादी प्रहरीमा भर्ना हुन पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा २ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए। यसअघि स्थानीय तहको निर्वाचनमा पूर्वी र पश्चिम रुकुमका लागि ७ सय ८५ जना म्यादी प्रहरी खटिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);