कल्र्भटको खाल्डोमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गौशाला, १२ कार्तिक । महोत्तरी जिल्लाको भिट्ठामोड-जलेश्वर-जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँका २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शनिबार राती साढे सात बजेतिर ज ५ प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्ठामोडबाट जलेश्वरतिर आउँदै गरेको युवक महासेठको मोटरसाइकल चलेश्वर-२ स्थित कलभर्टको खाल्डोमा दुर्घटना भएको थियो।

मोटरसाइकल दुर्घनामा परेर गम्भीर घाइते भएका युवक महासेठको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);