अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइयो

अप्सरा गौतम
काठमाडौं, १९ मंसिर । अन्तर्राष्ट्रिय स्वयमसेवक दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । बिहीबार विश्वभर स्वंयमसेवक दिवस मनाईरहँदा पछिल्लो समय नेपालमा स्वयमसेवाको भाव मानिसहरुमा हट्दै गएको पाइन्छ । प्रविधिको बढ्दो प्रयोग र विदेश पलायनले युवा पुस्तामाझ स्वयमसेवाप्रति रुची घट्दै गएको हो ।

समुदायमा स्वच्छभावले काम गर्नू र समुुदायमा परेका समस्याहरुलाई हल गर्नू तथा कसैलाई समस्या परेको समयमा सहयोग गर्नू नै स्वयमसेवा हो । अगाडिका समयहरुमा गाउँघर तिर युवाहरुको टोलीले गाउँमा बाल क्लव, युवा क्लव, गुठी, उपभोक्ता समिति जस्ता विभिन्न नाममा समाजका लागि निःशुल्क काम गर्ने प्रचलन थियो ।

गाउँ शहरमा परेका समस्याहरुलाई एकजुट भई समाधान गर्दथे । गाउँ टोलको बाटो घाटो सफा गर्नेदेखि लिएर समुदायमा केहि समस्या पर्दा स्वयमसेवी भावले काम गर्ने गर्दथे ।

तर पछिल्लो समय मानिसहरु बढी ब्यक्तिबादी बन्दै गएका छन् । स्वयमसेवाप्रति युवाहरुको आकर्षण घट्दै गएको छ । पछिल्लो समय गाउँघरतिर त कसैको मृत्यु भएमा काँधमा बोक्ने मानिस पनि खोज्नुपर्ने अबस्था छ ।

अहिले पनि हामीले औपचारिक होस या अनौपचारिक रुपमा समुुदायलाई स्वयमसेवकको रुपमा काम गरीरहेका हुन्छौ । नेपालमा कुुल जनसंख्याको ४३ प्रतिशत जनसंख्या युवाहरुको रहेको छ ।

युवाहरुको संख्या यति धेरै भए पनि उनीहरुमा स्वयमसेवाको भावना कम हुँदै गएको छ । स्वयमसेवाप्रति युवाहरुको आकर्षण बढाउनका लागि सरकारले ठोस निति ल्याएर काम गर्नूपर्ने युवाको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);