रुकुममा प्रहरी सक्रियतापछि बिप्लव कार्यकर्ता अर्धभुमिगत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुकुममा प्रहरी सक्रियतापछि बिप्लव कार्यकर्ता अर्धभुमिगत

मेगराज खड्का,३०, बैशाख रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमले सक्रियता बढाएपछि स्थानीय चुनाबको बहिस्कार अभियान गर्दै आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु अर्धभुमिगत जस्तो भएका छन । केहि हप्ताअघि रुकुम सदरमुकाम खलंगामा स्थानीय चुनाबी खारेजी अभियानको

रुकुममा प्रहरी सक्रियतापछि बिप्लव कार्यकर्ता अर्धभुमिगत

मेगराज खड्का,३०, बैशाख रुकुम ।

जिल्ला प्रहरी कार्यालय रुकुमले सक्रियता बढाएपछि स्थानीय चुनाबको बहिस्कार अभियान गर्दै आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु अर्धभुमिगत जस्तो भएका छन । केहि हप्ताअघि रुकुम सदरमुकाम खलंगामा स्थानीय चुनाबी खारेजी अभियानको औपचारिक शुरुवात गरि गाउँगाउँमा परिचालन भएको उक्त पार्टीका कार्यकर्ताहरु प्रहरीले पक्राउ गरि सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाएर लामो समयसम्म पनि हिरासतमा राखेपछि यस्तो भुमिका अपनाइएको हो ।

 

यसअघि बिभिन्न ठाउँमा चुनाब बहिस्कार अभियान गर्दै आएका कार्यकर्ताहरु पछिल्लो समय रुकुममा कुनै पनि कार्यक्रम गरिएको छैन भने खुल्ला रुपमा कुनै पनि नेताकार्यकता देखिएका छैनन् । नेपाल कम्युनिष्ट पार्टीकाका जिल्ला ईन्चार्ज शेरबहादुर खड्काले आफ्नो शान्तिपुर्ण चुनाब बिरोधी अभियानमा प्रहरीले हस्तक्षेप गरि नेताकार्यकर्तालाई देख्नेबित्तीकै पक्रेर हिरासतमा राख्न थालेपछि बाँकी रहेका नेता कार्यकर्तापनि सुरक्षित ठाउँतिर लागेको बताए । ‘प्रहरीले घरमा बसेर शान्तिपुर्ण चुनाब बिरोधी अभियान गर्न नदिएपछि त अर्धभुमिगत जस्तो भईएको छ, म पनि अली बाहिर छु,’ टेलिफोन मार्फत उनले भने, ‘रुकुम प्रहरीले देशमै सबैभन्दा बढी दादागिरी देखाएपछि अब हामीले के गर्ने अन्योलको अवस्था छौं, नेतृत्व नै प्रहरी हिरासतमा छ।’ राजनैतिक आस्थामा रुकुम प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको घरघरमा निगरानी गर्ने र देख्यो की पक्राउ गर्न थालेपछि अवस्था सामान्य हुन नसक्ने उनले प्रतिक्रिया दिए ।

 

रुकुम सदरमुकाम खलंगामा आयोजना गरिएको चुनाब खारेजी अभियानमा दुई सय बढी युवाहरु उतारेको थियो । रुकुम प्रहरीले चुनाब बिरोध अभियानमा सहयोग गरेको भन्दै रुकुमको आठबिसकोटबाट २ दर्जन बढी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु पक्राउ गरिएको थियो । जसमा केहिलाई छोडिएको भएपनि जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढा र मुसिकोट बहुमुखि क्याम्पस रुकुमका उपप्रध्यापक हरिबिष्णु ओली सहित सहित १९ जनालाई अझै छोडिएको छैन । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर भएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमन रजाँलीले जानकारी दिए ।

 

अनुसार रुकुम अदालतमा म्षद थप गरि अनुसन्धान प्रकृया जारी रहेका कारण चुनाब अघि छुट्ने संभावना छैन । यसैबिच शान्तिपुर्ण निर्बाचनको बहिस्कार गरीरहेका नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ताहरुलाई बिनापुर्जी पक्राउ गरि लामो समय सम्म प्रहरीमा नै राखिरहेको भन्दै संघिय समाजबादी फोरम नेपाल रुकुम र नयाँ शक्ति पार्टी नेपाल रुकुमले सयुक्त रुपमा बिज्ञप्ती जारी गरि बिरोध जनाउदै रिहाईका लागि माग पनि गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);