रुकुमबाट बिप्लवका २५ जना कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रुकुमबाट बिप्लवका २५ जना कार्यकर्ता पक्राउ

मेगराज खड्का १९, बैशाख रुकुम । रुकुम प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढा सहित २४ जनालाई पक्राउ गरेको छ । जसमध्य २४ जना रुकुमको आठविसकोट नगरपालिकाबाट र १ जनालाई रुकुम मुसिकोट नगरपालिकाबाट पक्राउ गरेको हो । जिल्ला सेक्रेटर बुढा यसअघि निलम्बित अख्तियार

रुकुमबाट बिप्लवका  २५ जना  कार्यकर्ता पक्राउ

मेगराज खड्का १९, बैशाख रुकुम ।

रुकुम प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढा सहित २४ जनालाई पक्राउ गरेको छ । जसमध्य २४ जना रुकुमको आठविसकोट नगरपालिकाबाट र १ जनालाई रुकुम मुसिकोट नगरपालिकाबाट पक्राउ गरेको हो । जिल्ला सेक्रेटर बुढा यसअघि निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलेर चर्चामा आएका थिए । जिल्ला प्रहरी कार्याललय रुकुमका प्रहरी निरिक्षक थमन बहादुर रजाँलीका अनुसार स्थानीय निर्बाचन बिरोधी गतिबिधी, चन्दाआतंक लगायतका अराजक गतिबिधिका संलग्न भएको बिषयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

रुकुमको आठबिसकोटबाट पक्राउ परेका २४ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुममा ल्याईदै गरेको पनि प्रहरीले जानकारी दिएको छ । केहि दिन अधि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले रुकुम सदरमुकाम खलंगा एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्ना कार्यकर्ता प्रदर्शन सगै निर्बाचन बहिस्कार र खारेजी अभियानको शुरुवात गरेको थियो । त्यसका साथै सदरमुकाम खलंगा तथा गाउँगाउँमा निर्बाचन बहिस्कारको सन्देश दिने बिभिन्न पर्चा तथा वालपेन्टिङ्गहरु गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);