मेची भन्सारका कर्मचारी सिसि क्यामेराकै अगाडि लिन्छन् घुस | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खगेन्द्र घिमिरे, मेची, २३ भदौ । मेची भन्सार कार्यालय काँकडभिट्टाले भन्सार चुहावट नियन्त्रण गर्न खटाएका कर्मचारीले खुलेआम रकम असुली गर्ने गरेको पाइएको छ । भन्सारले प्रवेशद्वारमा सिसि क्यामेरा जडान गरेको भए पनि चेकजाँचका नाममा कर्मचारीले सर्वसाधारण र पोके व्यापारीसँग मनलाग्दी रकम असुली गर्ने गरेका हुन् ।

 

मेची भन्सारका कर्मचारीले सडकमा खुलेआम घुस लिने क्रम झन् मौलाएको छ । रकम असुली गरेको आरोपमा ६ जना कर्मचारी कारबाहीमा परेको दुई महिना नबित्दै सिसि क्यामेराकै सामुन्ने पैसा असुली भएको अर्को प्रमाण फेला परेको हो ।

 

भारतको पानीट्याङ्की गएर दैनिक उपभोग्य वस्तु खरिद गरी फर्किएका सर्वसाधारण र व्यापारीसँग भन्सार कर्मचारीहरू रामहरि खतिवडा, लरखर धिमाल, जयकुमार राई, ईश्वरचन्द्र कट्टेल र रामबहादुर श्रेष्ठले रकम असुलेका हुन् । पानीट्यांकीबाट व्यापारी र सर्वसाधारणले नेपाल भित्र्याउने चिनी, दाल, तरकारी, तेललगायतका सामानको बिल चेक गर्ने बहाना बनाउँदै कर्मचारीहरुले ५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म तिर्न बाध्य बनाउने गरेका छन् ।

 

मेची भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रण गर्न कर्मचारीलाई विभिन्न समूहमा विभाजन गरी अध्यागमनअगाडि रहेको चेकप्वाइन्टमा खटाउने गरेको भए पनि उनीहरु राजस्व चुहावट नियन्त्रणभन्दा पनि अवैध असुलीमा संलग्न छन् । भन्सारका कर्मचारीले चाडपर्वको बेलामा सर्वसाधारणबाट झनै रकम असुली गर्ने गरेका छन् ।

 

 

भन्सार कार्यालयका कर्मचारीले उक्त पोस्टबाट कुनै पनि बहानामा रकम लिन नमिल्ने मेची भन्सार कार्यालयका प्रमुख भिम अधिकारी बताउनुहुन्छ । मनपरी असुलीमा संलग्न कर्मचारीलाई कारबाही हुने उहाँले बताउनुभयो । तर, यसअघि पनि रकम असुलीमा संलग्न कर्मचारीलाई कारबाहीका नाममा सरुवामात्र हुने गरेकाले रकम असुली गर्नेलाई कारबाही हुनेमा स्थानीय संशंकित छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);