मेची भन्सारमा अवैध असुली, भारतीय दैनिक ठगिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

मेची भन्सारमा अवैध असुली, भारतीय दैनिक ठगिदैं

mechi bhansar karyalay

खगेन्द्र घिमिरे

झापा, २५ भदौ । मेची भन्सारका कर्मचारीले भारतीय सवारी साधनबाट सुविधा काट्ने नाममा अवैध असुली गर्ने गरेको पाइएको छ । भारतबाट नेपाल आउने मोटरसाइकल तथा ४ चक्के सवारीलाई नजिकैको बजारसम्म पुग्न भन्सार पत्र काट्नु पर्ने हुन्छ ।

त्यस बाहेकका अन्य क्षेत्रमा जान भने दैनिक पैसा तिर्नुपर्ने हुन्छ । तर हरेक दिन नजिकैका बजारसम्म चल्ने सवारीबाट समेत भन्सारका कर्मचारीले अवैध असुली गर्दै आएका पाइएको हो । मेची भन्सारका कर्मचारीले भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नम्वरका व्यापारिक प्रयोजनका दुध बोक्ने तथा चार पाङ्ग्रे साना सवारी र निजी मोटरसाइकलबाट कागज मिलाउने भन्दै प्रति सवारी २० रुपैयाँदेखि भारतीय रुपैयाँ लिने गरेका छन् ।

मेची भन्सारका कर्मचारीले बिहान ६ बजेदेखि बेलुकासम्म सयौँ मोटरसाइकल तथा साना सवारीबाट हजारौँ रकम असुल्ने गरेका छन् । सुविधा कागजमा कुनै पनि रकम उल्लेख गरिएको हुँदैन । नजिकैका बजार सीमा क्षेत्रबाट ५ किलो मिटरसम्म निशुल्क सुविधा छ भन्ने सवारीधनीलाई खासै थाहा नभएको पाइएको छ । उनीहरुले बर्षौँदेखि मोटरसाइकलको कर भन्दै २० रुपैयाँ तिर्दै आएका छन् ।

यस बिषयमा सञ्चारकर्मी स्थलगत रिर्पाेटिङमा पुग्दा भन्सारका कर्मचारीहरु भागेका थिए । भन्सार सुविधा कसरी दिनु हुन्छ भनेर सोध्दा त्यहाँ खटिएका कर्मचारी लीला खनाल र श्याम सिंह कार्यालयबाटै भागेका थिए । कर्मचारीले बिहान ९ बजेसम्म २० वटा सवारी इन्ट्री गरेको फाइल देखाए । तर त्योभन्दा अघि नै अवैध पैसा असुलेर सयौँ सवारीले सुविधा पत्र लिइसकेका थिए । भन्सारले सुविधाको नाममा अवैध रकम उठाउनु उचित नभएको ट्राभल्स संघ झापाका अध्यक्ष निरकुमार कार्कीले बताउनु भयो ।

मेची भन्सारका कर्मचारीले सयौँ सवारीबाट यसरी हरेक दिन हजारौँ रकम असुल्दा समेत सम्बन्धित निकाय मेची भन्सार कार्यालय मौन छ । भन्सार कर्मचारीको गोजीमा जाने यो रकम असुली रोक्न सम्बन्धित निकायको पहल नै महत्वपुर्ण हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);