नेपालमा थप ७८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका ४ हजार १ सय २७ परीक्षणमध्ये ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको छ । जसमध्ये सक्रिय संक्रमित ९ सय ७४ छन् ।

विगत २४ घण्टामा कोरोनाबाट कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणले २ हजार ७ सय ७७ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);