उपप्रमुख चौधरीको निधनप्रति समवेदना प्रकट गर्न सप्तरीको सबै स्थानीय तह आज बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपप्रमुख चौधरीको निधनप्रति समवेदना प्रकट गर्न सप्तरीको सबै स्थानीय तह आज बन्द

सप्तरी । सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ ।

सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।

३७ वर्षीय उपमेयर चौधरीको अवस्था गम्भीर हुँदै गएपछि उपचारका लागि चौधरीलाई विराटनगर लगिएको थियो ।

सात महिनाकी गर्भवती समेत रहेकी चौधरीको तीन दिनअघि गर्भमा रहेको शिशुलाई मृत अवस्थामा निकालिएको थियो । विराटनगरस्थित विराट नर्सिङहोम अस्पतालमा चौधरीको मङ्गलबार मृत्यु भएको हो ।

उपमेयर चौधरीको अवस्था गम्भीर भएसँगै आइ.सी.यु एवम् भेन्टिलेटरमा राखिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकहरुको भनाई छ । मृतक चौधरीका श्रीमान् र एक छोरा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);