एमालेको आरोप– सरकार संरक्षित समूहले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमालेको आरोप– सरकार संरक्षित समूहले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्यो

काठमाडौं। नेकपा एमालेले सरकार संरक्षित समूहले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको आरोप लगाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्ने समूहलाई नै सरकारले संरक्षण गरेको आरोप लगाएका हुन् ।  सरकार नेतृत्वकर्ता दल कांग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिविमा तालाबन्दी  गरेको उनको भनाइ छ । त्रिविमा तालाबन्दीसहित नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारले संरक्षण गरेको आरोप लगाउँदै ज्ञवालीले तत्काल यस्ता गतिविधि बन्द गर्न माग गरे ।  विद्यार्थी संगठनको नेतृत्व लिएका व्यक्ति नै अहिले देशको सर्वाेच्च पदमा पुगेको बताएका उनले त्रिविमा ताला लगाउने, प्राध्यापकलाई कुट्ने जस्ता कार्य गर्नेलाई कारबाहीबाट जोगाउन प्रहरीबाट सुरक्षा दिने र महान्यायाधिवक्ताबाट मुद्दा रोक्ने भन्दै आफ्ना कार्यकर्तालाई गलत शिक्षा दिएको आरोप लगाए ।

नेविसंघले लामो समयदेखि त्रिविमा तालाबन्दी गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);