विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसको आग्रह

rahat congress

काठमाडौ, २५ मंसिर । व्यक्ति हत्याको राजनीति छोडेर शान्तिपूर्ण राजनीतिको बाटोमा आउन विप्लव समूहलाई कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आग्रह गरेको प्रवक्त विश्वप्रकाश शर्माले ईमाउन्टेनटीभीलाई जानकारी दिनुभएको छ ।

त्यसैगरी कांग्रेसले मंसिर २९ मा आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनमा व्यापक सहभागिता गराउने निर्णय समेत गरेको छ ।

शर्माका अनुसार सरकारको सर्वसत्तावादी चरित्रको विरोध, कोरोना रोकथाममा देखाएको अकर्मण्यता, सो पार्टीका वष्ठि नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरीले गरेको दुव्र्यवहार लगायतका विषयमा बैठकले विरोध गरेको छ । त्यस्तै बैठकले पार्टीको क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);