मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुँदै

pm oli

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुनुहुने भएको छ । बुधबार हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण महाराजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा हुनेछ । उहाँको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीको यो दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । यसअघि २०६३ सालमा उहाँको पहिलोपटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको सफल मृर्गौला प्रत्यारोपणको कामना गर्नुभएको छ ।मोदीले ट्वीट गर्दै सफल शल्यक्रिया र साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो । साथै मोदीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान ओलीको निरन्तर योगदान रहने बिश्वास ब्यक्त गर्नुभएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);