प्रधानमन्त्री ओलीको बुधबार मृगाैला प्रत्यारोपण हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीको बुधबार मृगाैला प्रत्यारोपण हुने

pm oli-saarc

काठमाडौं, १८ फागुन ।  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको बुधबार मृगाैला प्रत्यारोपण हुने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्त जानकारी दिनु भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्रीले सचिवालय बैठकमा जानकारी गराए अनुसार सोमबार नै अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको महारनजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी छ ।प्रधानमन्त्री ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हुन लागेको हो ।

यसअघि २०६३ सालमा उहाँको पहिलोपटक मृगौला प्रत्यारोपण गरिएको थियो । सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतम या वर्तमान अर्थमन्त्री युवराज खतिवडा कसलाई पठाउने भन्ने विषयमा नेकपामा विवाद भएपनि यसबारे कुनै छलफल नभएको नेताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);