नेपाली कांग्रेसको विभिन्न १३ केन्द्रीय विभागमा प्रमुखहरु मनोनित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाली कांग्रेसको विभिन्न १३ केन्द्रीय विभागमा प्रमुखहरु मनोनित

nepali congress

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई संगठन विभागको प्रमुख, रमेश रिजाललाई सघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग र महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा मनोनयन गर्नुभएको हो । यसैगरी केन्द्रीय सदस्यहरु शंकर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा लाई सूचना, सञ्चार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ र धु्रव वाग्लेलाई मनोनयन गर्नुभएको हो ।

यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले विभाग प्रमुख तोकेको विषयमा आपत्ति जनाउनु भएको छ । महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै पौडेलले आपत्ति जनाउनु भएको हो ।

चौंधौ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग प्रमुख तोक्नु र आमन्त्रित केन्द्रीय सदस्य तोक्नु आचारसंहिता विपरित भएको पौडेलको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);