सभापति देउवाद्धारा महिला विभाग सचिव र सदस्य मनोनयन (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सभापति देउवाद्धारा महिला विभाग सचिव र सदस्य मनोनयन (नामावलीसहित)

sher bahadur deuwa

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन नजिकिँदै जाँदा महिला विभागमा पदपूर्ती गर्नु भएको छ।

पार्टीको विधान–२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सचिव र सदस्यहरूलाई सोमबार मनोनयन गर्दै रिक्त रहेको विभागमा पदपूर्ती गर्नु भएको हो।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रदेश नम्बर–१, सुनसरीकी लक्ष्मी खतिवडालाई विभागको सचिवमा मनोनयन गरिएको छ।

विभागमा ३७ जना सदस्य मनोनयन गरिएको छ। यसअघि गएको फागुन १९ गते नै विभागको प्रमुखमा पार्टी केन्द्रीय सदस्य समेत रहनु भएकी ईश्वरी न्यौपानेलाई मनोनयन गरिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);