बाग्मती काग्रेसले गर्यो खेलकुद विभागमा २० सदस्य मनोनयन | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

बाग्मती काग्रेसले गर्यो खेलकुद विभागमा २० सदस्य मनोनयन

काठमाडौं, २८ असार । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले युवा तथा खेलकुद विभागमा २० सदस्य मनोनित गरेका छन् ।

कांग्रेसको विधान,२०१७ (संशोधनसहित) को धारा १३ (१०) (झ) बमोजिम प्रदेश कार्यसमिति सदस्य राजिवराज पौड्याल प्रमुख रहेको सो विभागको सदस्यमा काठमाडौं उपत्यकाका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० सदस्यहरु मनोनयन गरिएको प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

काठमाडौंबाट सार्थक रिजाल र गोविन्द श्रेष्ठ, सिन्धुपाल्चोकबाट देवप्रसाद बानियाँ, ललितपुरबाट गंगाराम महर्जन,सुरेन्द्र खड्का, बिनोद महर्जन, चन्द्रबहादुर महर्जन र श्रीहरी श्रेष्ठलगायत खेलकुद विभागमा मनोनयन भएका छन् ।

Leave a Reply

ताजा समाचार