ईन्द्र वानियाँको संयोजकत्वमा‘प्रदेश समन्वय उपसमिति’ गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ईन्द्र वानियाँको संयोजकत्वमा‘प्रदेश समन्वय उपसमिति’ गठन

काठमाडौं,१ फागुन । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन “प्रदेश समन्वय उपसमिति” गठन भएको छ ।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर वानियाँको संयोजकत्वमा थप १० जना सदस्य थप गरी “प्रदेश समन्वय उपसमिति” गठन भएको हो ।

नयाँ थप गरिएका सदस्यमा बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ,मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव, कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, लुम्बिनीका सभापति अमरसिंङ पुन, कर्णालीका सभापति ललितजंग शाही, सुदुरपश्चिमका सभापति वीरबहादुर बलायर, बाग्मतीका उपसभापति चन्द्र महर्जन र मुख्यसचिव राजु नेपाल रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);