नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु

nepal airlines

काठमाडौं, २९ भदौ । अध्यगमन विभागले कोरोना भाइरस (कोभिड—१९) का कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु गरेको छ । कोरोना संक्रमण जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट सुरु गरेको हो ।

विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताउनुभयो । लक डाउनपछि पहिलो पटक असार १ गतेबाट भदौ ४ गतेसम्म सेवा सुचारु भएपनि निषेधाज्ञाका कारण केही समय स्थगित भएको थियो ।

विभागले पुनः आइतबार सेवा सुचारु गरेको उहाँले बताउनुभयो । भिसाको म्याद सकिएकाहरुको हकमा सेप्टेम्बर १५ (भदौ ३०) सम्म आफ्नो देश फर्किन समय दिइएको छ । सो समयमा फर्किएमा कुनै शुल्क लाग्ने छैन । तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ (मंसिर मसान्त) सम्म लागु रहने गरी हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्ने उहाँको भनाई छ ।

लकडाउन जारी भएपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सेवा भदौ १६ गतेबाट खुला भएको छ । उडान खुला भएसँगै नेपालमा लक डाउन निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकहरुको भिसा सहजिकरणका लागि सेवा सुचारु गरिएको विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);