रातो मच्छिन्द्रनाथ बुङमती प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

रातो मच्छिन्द्रनाथ बुङमती प्रस्थान

rato machindra

काठमाडौं, २९ भदौ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई सोमबार विधिवत रुपमा बुङमती पु¥याइएको छ । ललितपुरको पुल्चोकबाट मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बाजा गाजासहित सोमबार बुङमती पु¥याइएको हो । रातो मच्छिन्द्रनाथ र मिननाथलाई कडा सुरक्षा व्यवस्थाबीच बुङमति लगिएको हो । रथ यात्रामा ललिपुरबाट २०० जना र बुङमतिबाट १५० जना मात्र सहभागी थिए ।

सहभागीहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेका थिए । बैशाख शुक्लपक्षको शुभ साइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्नेका थिए । रथयात्रा गर्न पाउनुपर्ने भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोडेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

त्यसपछि प्रशासकले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्युका बीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा पनि सम्पन्न गरिएको थियो । त्यसै गरी भदौ २१ गते रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएको थियो । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);