नेपालको दोस्रो ठूलो व्यापार मुलुक चीन, व्यापारीक सम्बन्ध मजबुद बन्ने पूर्वाधारविदको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालको दोस्रो ठूलो व्यापार मुलुक चीन, व्यापारीक सम्बन्ध मजबुद बन्ने पूर्वाधारविदको विश्वास

byapar ghata

काठमाडौं, २७ असोज । नेपालको भारतपछि दोस्रो ठूलो व्यापार भएको मुलुक चीन हो । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच साढे दुई सय वर्ष अघिदेखि परम्परागत व्यापारिक सम्बन्ध रहेको इतिहास रहेको छ । नेपालका उच्च हिमाली क्षेत्रका मानिसहरु रुसुवागढी नाका भएर केरुङसम्म नुन र दैनिक जिविकोपार्जनको वस्तु खरिद गर्न चीनको तिब्बतसम्म पुगेको इतिहास रहेको छ ।

यसै इतिहासलाई २३ बर्षपछि चिनियाँ राष्ट्रपतिबाट भएको भ्रमणले थप व्यापारीक सम्बन्धलाई पनि थप उचाईमा पु¥याउने र व्यापारघाटा कम हुने विश्वास लिइएको छ । नेपाली बजारमा अधिकांश चिनियाँ सामानले बजार ओगटेको पाइन्छ । वस्तु विनिमयको तत्कालीन आर्थिक व्यवस्थामा कृषि उपज दिएर नेपालीहरु नुन, ऊन, भेडा र खच्चड साट्ने परम्पराको विकसित रुप अहिले आएर खरिद गर्ने रुपमा विकास भएको छ ।

सन् १८७२ मा नेपाल र तिब्बतबीच भएको सन्धी हुँदै सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । १९५६ सेप्टेम्बरमा नेपाल र चीन बीच आपसी समझदारीको सन्धीमा हस्ताक्षर समेत भएको छ । सन् १९६० मा नेपाल र चीनबीच पहिलो आर्थिक सहायता समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयको अभिलेखमा छ । यसै व्यापारीक सम्बन्धलाई चिनीयाँ राष्ट्रपतिको भ्रमणले पूर्वाधार क्षेत्रलाई विशेष जोड दिएकाले कार्यान्वयन पक्ष, प्राविधिक डिजाइन, लगानीको मोडालिटीमा चुनौति थपिए पनि थप व्यापारीक सम्बन्ध मजबुद बन्ने पूर्वाधारविद डा.सूर्यराज आचार्यको भनाई छ ।

पूर्वाधार भएन भने व्यापार गर्नै कठिनाई हुने भएकाले नेपाल र चीनबिच भएको २० बुँदे सम्झौता गरिनु निकै महत्वपूर्ण भएको उद्योग वाणिज्य संघका उपाध्यक्षको भनाई छ । चीन समृद्धिमूलक मूलुक भएको र व्यापारको लागि बजारीकरणका लागि नेपाल उपयुक्त हुने भएकाले यो भ्रमणले नेपालका लागि फाइदाजनक हुनुका साथै अन्र्तराष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने पूर्व राजदुत दुर्गेसमान सिंहको भनाई छ ।

नेपालले वस्तु आयात गर्ने दोस्रो ठूलो बजार बनेको चीनसँग पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै नेपालको व्यापार घाटा ७ खर्ब १ अर्ब भन्दा धेरै छ । आर्थिक वर्ष ०७५ र ०७६ मा नेपालले १६१ मुलुकसँग व्यापार गर्दा नेपालले १४ खर्ब १८ अर्बको वस्तु आयात गर्दा २ खर्ब ५ अर्बको आयात चीनबाट गरेको थियो । यस्तै, ९७ अर्ब १० करोडको वस्तु निर्यात गर्दा नेपालको चीनसँग २ अर्ब १० करोडको वस्तु निर्यात गरेको थियो ।

उक्त आर्थिक वर्ष चीनसँगको नेपालको व्यापार घाटा २ खर्ब ५ अर्ब ५१ करोड भन्दा धेरै थियो । आर्थिक वर्ष ०७४ र ०७५ १२ खर्ब ४५ अर्बको वस्तु आयात गर्दा १ खर्ब ५९ अर्बको आयात चीनबाट गरेको थियो । यस्तै, ८१ अर्ब ३५ करोडको वस्तु निर्यात गर्दा नेपालको चीनसँग २ अर्ब ४३ करोडको वस्तु निर्यात गर्दा चीनसँगको नेपालको व्यापार घाटा १ खर्ब ५७ अर्ब ५४ करोड रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);