सुपर ग्यास उद्योगको आगलागी नियन्त्रण गर्न भारतबाट उपकरण झिकाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

वीरगन्ज, ५ पुस । पर्साको वीरगन्ज महानगरपालिका-२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आएको छैन।

आगोलागी नियन्त्रणका लागि भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन(आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु झिकाइएको छ ।

आगलागीमा परी दुईजना अग्नी नियन्त्रकको मृत्यु भएको छ भने आगोमा जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।

आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन । आगोलागी भएको स्थान आसपासका बस्तीहरु समेत खाली गराइएको छ ।

आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

फाईल फोटो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);