वीरगञ्जकाे श्रीपुरमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

वीरगञ्जकाे श्रीपुरमा भीषण आगलागी

वीरगन्ज, १७ बैशाख । पर्साको वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुरमा केहीबेर अघि भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पेन्ट गोदामबाट आगोलागी सुरु भएको हाे ।

उक्त क्षेत्रमा नेपाल फर्मासिटकल्स लिमिटेड (एनपीएल) को औषधि कारखाना समेत रहेको बताइएको छ । आगोलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयहरुले जोडदार प्रयास गरिरहेका छन् ।

अागलागीबाट के कति नाेक्सान भयाे भन्ने केही खुलेकाे छैन । अागाे नियन्त्रण अाएपछी क्षेतिकाे विवरण अाउने बताइएकाे छ । के कारणले अागलागी भयाे भन्ने पनि खुलेकाे छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);