सुन्धारास्थित होटल सालीमारमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सुन्धारास्थित होटल सालीमारमा आगलागी

काठमाडौँ, ७ चैत । काठमाडौंको सुन्धारास्थित होटल सालीमारमा आगलागी भइरहेको छ । काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै रहेको उक्त होटलमा के कारणले आगलागी भएको हो भन्नेबारेमा प्रहरीले केही बताएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सर्वसाधारण सहित काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाकाे दमकलको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भइरेहको छ । आगलागीबाट मानविय क्षेति नभएपनि ठूलाे मात्रामा भौतिक क्षति भएको अनुमान गरिएको छ । यद्यपी के-कति क्षेति भयो भन्ने एकिन विवरण आएको छैन ।

घरको अन्डरग्राउन्डबाट आगो सल्किएको बताइएको छ । विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन । आगलागीका कारण सुन्धारा आसपासमा धुँवाको मुस्लो देख्न सकिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);