मन्त्रिपरिषद बैठक : विभिन्न समितिहरु गठन गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडाैं, ७ चैत । सरकारले मन्त्रिपरिषदका विभिन्न समितिहरु गठन गर्ने निर्णय गरेको छ । बुधबार सिँहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राजनैतिक समिति, प्रशासन समिति, आर्थिक तथा पूर्वाधार समिति, सामाजिक समिति र विधेयक समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले प्रधानमन्त्रीको सचिवालय गठन कार्यविधि बनाउने पनि निर्णय गरेको छ । प्रधानमन्त्रीको सचिवालय सदस्य कटौती गर्ने गरी कार्यविधि बनाउने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रदेशमा राजस्व संकलन ऐन र कार्यविधी बनाउने लगायतका महत्वपूर्ण एजेण्डा रहेको भएपनि सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको बैठक लामो समय चलेकोले अन्य एजेण्डामा छलफल हुन नसकेको र चाँडै अर्को बैठक बसेर निर्णय गरीने राज्यमन्त्री बास्कोटाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);