जनकपुरधामको मिष्ठान्न भण्डारमा आठ वटा सिलिण्डर विष्फोट, ३ वटा होटल जले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जनकपुरधामको मिष्ठान्न भण्डारमा आठ वटा सिलिण्डर विष्फोट, ३ वटा होटल जले

aagolagi

जनकपुर, ५ असार । जनकपुरधाम उपमहानगरपालिका २, पदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारमा बुुधवार राति करिब २ः४० मा आगलागी भएको छ ।

आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जलेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानले फ्रिजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको छ ।

कामदारले आगलागी भएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए । उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको हो । क्षतिको पूर्ण विवरण आएको छैन । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);