वीरगञ्जको सुपर ग्यासमा आगलागी हुँदा दुईको मृत्यु, ६ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वीरगञ्जको सुपर ग्यासमा आगलागी हुँदा दुईको मृत्यु, ६ घाइते

घाइतेमध्ये एक जनाको वीर अस्पतालको ट्रमा सेन्टरमा र एक जनाको किर्तिपुर अस्पतालमा उपचार हुँदै

काठमाडौं, ५ पुस । वीरगञ्जको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा आज बिहान भएको भीषण आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

आगो निभाउन गएको वीरगञ्ज महानगरपालिकाको दमकल नै जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन् ।

६ जना गम्भीर घाइते भएका छन् । घाइते भएका मध्ये दुई जनाको काठमाडौंमा उपचार हुँदै छ । घाइते अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । घाइतेमध्ये एक जनाको वीर अस्पतालको ट्रमा सेन्टरमा र एक जनाको किर्तिपुर अस्पतालमा उपचार हुँदै छ ।

बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएका छन् । आगलागीबाट के कति हताहत भए वा के कति सम्पत्ति जलेर नष्ट भयो भन्नेबारेमा अझै केहीपनि खुल्न सकेको छैन । आगलागी नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी प्रयासरत छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);