वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशकसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, ५ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

सेवाग्राहीबाट घूस लिएको अभियोगमा पाण्डेसहित शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीविरुद्ध जनहि १० लाख रुपैयाँ बिगो दाबी सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सेवाग्राहीबाट घूस लिएको आरोपमा गत कात्तिक २८ गते आयोगले तीनै जनालाई पक्राउ गरेको थियो । एक मेनपावर कम्पनीलाई कालोसूचीबाट हटाइदिने भन्दै घूस लिइरहेको अवस्थामा अख्तियारले उनीहरुलाई पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);