मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग आयोगले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज ३१ का खेख सफी अहदमविरुद्ध मुद्दा दायर गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);