सुन तस्करीमा विदेशी नागरीकको प्रयोग बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सुन तस्करीमा विदेशी नागरीकको प्रयोग बढ्दै

सन्दीप शर्मा रिजाल \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, माघ २१। त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले बिहिबार ९ किलो १ सय ३५ ग्राम सुन सहित क्यानडियन नागरीकलाई पक्राउ ग¥यो । मोहम्मद कमल माहगोब नामगरेका ति व्यक्तिले शरीर भित्र ८ वटा प्याकेटमा ९ किलो भन्दा बढी सुन तरल पदार्थ जस्तो बनाई ल्याएका थिए । त्यसपछि भन्सार कार्यालयले सुन नियन्त्रणमा लियो र उनलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगायो । गत पुस ११ गते पनि भन्सार कार्यालयले एक सुडानीलाई १९ किलो सुन सहित पक्राउ गरेको थियो । २७ बर्षीय मोहमद अहमेद दफल्ला साराफेल्दिन पर्यटक विभासामा नेपाल घुम्न भन्दै आएका थिए । साराफेल्दिन मात्रै होइन सुडानकै अर्का नागरीक अहमद मोहम्मद इब्राहिम मोहम्मद पनि त्यही दिन पक्राउ परे। उनी सराफेल्दिनले साथमा ल्याएको सुन लिन विमानस्थलमा पुगेका थिए । यसरी विभानस्थलबाट करीब १ महिनामा ठुलो परिणाममा विदेशी मार्फत भित्रीदै गरेको अबैघ सुन पक्राउ गरिएको छ।

यसबाट नेपालमा सुन तस्करीको स्वरुपमा परिवर्तन भएको पुष्टि हुन्छ। विगतमा गाडिका चक्का र विभिन्न पार्टमा सुन ल्याउने गरिन्थो । त्यसैगरी विमानस्थलका सुरक्षाकर्मी र भन्सारकार्यालयका कर्मचारीको मिलोमतोमा पनि सुनको बिस्कुट ल्याउने गरिएको थियो । त्यसमा विदेशी सहित नेपाली दुवैको संलग्नता हुने गरेको थियो । ३३ किलो सुन प्रकरणमा चुडामणी उप्रेती गोरे पक्राउ परेसंगै अहिले नेपालमा ठुलो परिणामको बिस्कुट आकारको सुन पक्राउ पर्न छाडेका छन् । तर हाल पक्राउ परेको ठुलो परिणामको सुन भने अर्ध तरल अवस्थामा छ भने त्यसमा विदेशी नागरीक प्रयोग भएका छन् ।

यसरी तस्करी भएर नेपाल भित्रीने सुन नेपालीबाटो हुँदै भारत तर्फ लैजाने गरेको अनुसन्धानमा देखिएको छ। पछिल्लो समय पक्राउ परेका सुन अर्ध तरल अवस्था हुनु र विदेशी नै भरियाका रुपमा प्रयोग हुनुले नेपालमा सुन तस्करी मौलाईरहेको प्रष्ट हुन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);