बैंककाे कालाेसुची पर्ने व्यवसायीकाे सख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बैंककाे कालाेसुची पर्ने व्यवसायीकाे सख्या बढ्दै ||

विद्या तामाङ \ \ माउन्टेन टेलिभिजन एचडी । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कालोसुचीमा व्यवसायीहरु बढ्ने क्रम तिव्र छ । कोभिडपछि थलिएको अर्थतन्त्रले उकासिन् नपाएका व्यवसायीहरु बैंकहरुको चर्को ब्याजदरले थप मारमा परेका छन् । कतिपय धीतो नै लिलामीको पीडामा परिरहेका छन् ।
चालु आर्थिक वर्षको माघको आधासम्म आइपुग्दा १३ हजार २ सय २६ जना ऋणी बैंकको कालोसुचीमा परेका कर्जा सुचना केन्द्रको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा १३ हजार २ सय १६ ऋणी कालोसुचीमा परेका थिए । गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा कालोसुचीमा पर्नेको संख्या ३ गुणाले बढेको छ । बैंकहरुको चर्को ब्याजदर, व्यवसाय फस्टाउन नसक्नु, मागमा संकुचन तरलता लगायतका कारणले व्यवसायीले समयमा कर्जा चुँक्ता गर्न असक्षम भएका छन् । जसका कारण बैंकको दबाब र बदनामीको भयले व्यवसायीहरु आत्मदाह आत्महत्याको गर्ने सम्मको कठोर निर्णयमा पुगेको घटनाहरु सुनिन थालेको छ । बैंकहरु नै व्यवसाय र व्यवसाय नै बैंक बन्ने परिपाठी हाबी हुन थालेको कतिपय व्यवसायीहरु गुनासो गर्छन् । बैंकहरु सेवामा भन्दा नाफामा बढी केन्द्रित बन्ने प्रवुत्ति देखिएको व्यवसायीहरु बताउँछन् ।

राज्यले पनि व्यवसायीसँग करमात्र उठाउने तर सुविधा भने नदिने देखिएको उनीहरुको भनाई छ । अर्कातिर बैंकहरुको निष्कृय तथा खराब कर्जाको मात्रा बढ्दै जानुले वित्तीय क्षेत्र संकुचित अवस्थामा पुगेको बंैकहरुको दाबी छ । निक्षेपको मात्रा घटिरहेकाले ब्याजदर सिंगल अंकमा ल्याउन केही सहज हुने बैंकहरुको भनाई छ ।

बैंकहरुले बिग्रदो अवस्थामा नाफामुखी भन्दा पनि बे्रक इभन प्वाइन्ट अर्थात नाफा र घाटाको बीचमा बसेर कारोबार गर्न तथा व्यवसाय बन्ने परिपाटी त्याग्न व्यवसायीहरु सुझाव दिन्छन् । राज्यले पनि व्यवसायीका लागि उदारताको नीति अवलम्बन गरेमा राजस्वमा स्वतः वृद्धी भएर अर्थतन्त्रमा टेवा पुग्न सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);