देशको फाईदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौंः मुख्यसचिव बैरागी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

देशको फाईदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौंः मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सूचना प्रविधिको सही प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

देशलाई फाईदा हुनेगरी हरेक निकायले त्यसको ठिक ढंगले प्रयोग गर्नुपर्ने मुख्यसचिव बैरागीको भनाई थियो । मुख्यसचिव बैरागीले सूचना प्रविधिको सही प्रयोग नभए त्यो हरेकका लागि खतरानाक सावित हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पार्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी मुलुकमा सुशासन ल्याउन एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको पनि औंल्याउनु भयो ।

उहाँले सूचना प्रणालीको प्रयोग गर्दा यसको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । मुख्यसचिव बैरागीले भन्नुभयो, ‘यो डाटा म्यानेजमेन्टलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौति हाम्रो अगाडि छ । १० ठाउँमा डाटाहरु छरिएका छन । हामीसँग एकीकृत सूचना प्रणाली अहिले पनि बनेको छैन । नागरिकले एकै खालको विवरण लिन दश ठाउँमा अहिले पनि जानुपर्ने अवस्था छ । लाईसेन्स पनि त्यही बुझाएको छ । परिचय पत्र पनि त्यही बुझाएको छ । पासपोर्ट पनि त्यही बुझाएको छ । पासपोर्ट पनि त्यही बुझाएको छ । जहाँ जाउ, एउटै सूचना १० ठाउँ बुझाउनु परेको छ । त्यसकारण सबै भन्दा ठूलो कुरा अरु नगरीकन त्यो सिष्टमलाई एकीकृत गर्नु प¥यो । त्यसो भएपछि एक ठाउँमा सूचना दिएपछि जसलाई जे चाहियो, सिष्टमले त्यसैले काम गर्छ । विभिन्न ठाउँमा एउटै सूचना दिन पर्दैन । हामी सूचनामा सेक्युर छैनौं क्या । चुनौति त्यहाँनिर हो । त्यसकारण कसरी सेक्युर बनाउने सूचना प्रणालीलाई भन्ने छ । जसले सूचना प्रणाली चलाउँछ, ऊ पारदर्शी पनि हुनुपर्छ । आईसिटीको प्रयोगले समग्रमा भन्दा जनतालाई इम्पावर गर्ने हो । प्रणालीलाई व्यवस्थित बनाउने हो । प्रभावकारी बनाउने हो, पारदर्शी बनाउने हो । सरकारलाई सुशासनयुक्त बनाउने हो । यस दिशामा हामी लागौं भन्न चाहन्छु । सूचना प्रविधिको ठिक ढंगले प्रयोग गरौं । त्यसलाई जथाभावी गर्न हुन्न है भन्न खोजेको पनि हो । सही प्रयोग सही कामका लागि गर्नु पर्छ भन्ने हो । यसबाट फाईदा लिने कुरामा ध्यान दिनुपर्दछ ।’

सूचना प्रविधिको प्रयोगले जनतालाई सशक्त बनाउने भएकाले यसको प्रयोग पनि सोही अनुसार हुनुपर्ने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै अर्थ सचिव तोयम रायाले सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउनका लागि आफूले छुट्टै मन्त्रालयको आवश्यक्ता देखेको बताउनु भयो । उहाँले सूचना र प्रविधिको बजार क्षण भरमै फेरिने भएकाले त्यसको व्यवस्थापन गर्ने कार्य चुनौतिपूर्ण रहेको स्पष्ट पार्नु भयो । अर्थसचिव रायाले भन्नु भयो, ‘मैले त सूचना प्रविधि क्षेत्रको व्यवस्थापनका लागि छुट्टै मन्त्रालय चाहिन्छ भन्ने मेरो मत छ । किनभने हामीले काम गर्न सकेनौं नि ।’

अर्थ सचिव रायाले सूचना प्रविधिको प्रयोगका लागि बजेटको अभाव हुन नदिन पनि ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सूचना प्रविधिको बजारमा नेपालको प्रवेश सहज नभएकाले त्यसतर्फ पनि गम्भिर भएर सोच्नुपर्ने बेला आएको स्मरण गराउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);