मुलुकको नवनिर्माणमा सूचना प्रविधिको प्रयोग गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मुलुकको नवनिर्माणमा सूचना प्रविधिको प्रयोग गर्न आह्वान

काठमाडौं, १३ वैशाख । संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले मुलुकको नवनिर्माणमा सूचना प्रविधिको प्रयोग गर्न आह्वान गरेको छ ।

राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको सही सदुपयोग नभए हुर्कदो पुस्ता विनाश हुनेतर्फ पनि सचेत गराएका छन् । उनले मानव जीवनको उपयोगितामा सूचना प्रविधिको प्रयोग आवश्यक हुने स्पष्ट पारे ।

बिहिबार काठमाडौंमा आयोजित सूचना प्रविधि सम्बन्धि एक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको कमीका कारण नभई नेपाली महिलाहरु राजनीतिक–आर्थिक सम्बन्धका कारण पछि परेको स्मरण गराए ।

राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको दुरुपयोग हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे । सूचना प्रविधिको सही सदुपयोग आजको मुख्य आवश्यक्ता रहेको उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);