स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छः मुख्यसचिव बैरागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छः मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताउनु भयो । मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको बताउनु भयो ।

उहाँले स्वच्छ उर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले सरकार उपभोक्ता कर्मीहरुसँग छलफल गर्न तयार रहेको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताउनु भयो । उहाँले शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरेपनि दूरदराजमा बस्ने नेपालीहरु उपभोक्ता अधिकार र हकको विषयमा पूर्ण रुपमा जानकारी नभएको बताउनु भयो ।

त्यस्तै,उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताउनु भयो । उहाँले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारको लागि सबैभन्दा ठूलो निरीक्षण कर्ता भनेको नागरिक आफँै भएको बताउनु भयो ।

उहाँले उपभोक्ता अधिकारको सुधार गर्दा गुणस्तरियता पनि थप्दै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय उपभोक्ता महासंघलाई प्रतिनिधिलाई बोल्न नदिएको भन्दै कार्यक्रममा होहल्ला भएर विवाद भएको थियो । उद्घोषकले महासंघका प्रतिनिधि चन्द्र साउदलाई मन्तव्य राख्न दिएसँगै सहज ढंगले कार्यक्रम भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);