सरकारको सामाजिक सुरक्षा सम्बन्धि दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्छः मुख्यसचिव बैरागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सरकारको सामाजिक सुरक्षा सम्बन्धि दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्छः मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताउनु भयो । उहाँले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र बजेटको १२ प्रतिशत माथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको भन्दै वर्षैपच्छिे सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप पर्ने गरेको बताउनु भयो । मुख्यसचिव बैरागीले सामाजिक सुरक्षाको दायरालाई बिस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई कम गर्दैै लैजान सक्नुपर्ने बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले राष्ट्रिय पुँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुनेसक्ने उल्लेख गर्नुभयो । उहाँले तरलता व्यवस्थापन गर्न पनि कोषको महत्वपूर्ण भुमिका खुल्ने बताउनु भयो । उहाँले अनौपचारिक क्षेत्रमा कार्यरत र स्वरोजगारमा आवद्ध व्यक्तिहरुको सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिए भन्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा ल्याउनु राम्रो भएको बताउनु भयो ।

उहाँले सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा दायरा बढाउँदै सामाजिक संरक्षण दिगो र उत्पादनमुखी बनाउन सामाजिक सुरक्षा ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);