नागरिकका हक, अधिकारको संरक्षण र सम्वद्र्धन गर्न मानव अधिकार आयोग प्रतिवद्धः अध्यक्ष मगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नागरिकका हक, अधिकारको संरक्षण र सम्वद्र्धन गर्न मानव अधिकार आयोग प्रतिवद्धः अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वद्र्धन गर्न आयोग प्रतिवद्ध रहेको बताउनु भएको छ ।

मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै संवैधानिक आयोगहरुसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाईरहेको दावी समेत गर्नु भयो ।

अध्यक्ष मगरले भन्नु भयो, ‘अब जहाँसम्म मानव अधिकार आयोग छ । राष्ट्रिय मानव अधिकार आयोग नागरिकहरुको हक, अधिकार संरक्षण र सम्वद्र्धन गर्ने कुरामा सदैव सजग छ । लागि रहेको अवस्था पनि छ । अव हाम्रो काम के छ भनेदेखि सबै आयोगहरुसँग विषयगत आयोगहरुको आ–आफ्नो क्षेत्र हुन्छ । आ–आफ्नो विषयगत क्षेत्रको काम हुन्छ भने हामीहरुले समग्र क्षेत्रमा मानव अधिकार संरक्षण सम्वद्र्धनको हरेक क्षेत्रमा लागि रहनु पर्ने हुन्छ । हामी लागि रहेका पनि छौं । र, यसै सन्दर्भमा चाँही सम्पूर्ण आयोगहरु दलित आयोग, जनजाति आयोग, मुस्लिम आयोग भयो । थारु आयोग भयो । सबै आयोगहरुसँग मिलेर हामी काम गरिरहेका छौं । र, उहाँहरुलाई के कस्तो समस्या पर्छ ? के कुराको सहयोग चाहिन्छ ? हामी सहयोग गरेर समन्वय गरेर लागि रहेका छौं ।’

अध्यक्ष मगरले मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगसँग मिलेर काम भईरहेको पनि स्मरण गराउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);