अर्थतन्त्रको अवस्थाबारे राष्ट्रपतिद्वारा चिन्ता व्यक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अर्थतन्त्रको अवस्थाबारे राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे आफू चिन्तित रहेको बताउनुभएको छ ।

शीतल निवासमा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग भेट्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले सरकारले पूर्णता पाइनसकेको भन्दै पूर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउने बताउनुभयो । वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले मुलुकभित्र उत्पादन वृद्धि एवम रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपतिसँगको भेटका क्रममा चेम्बर पदाधिकारीले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रदर्शन हुनेमा आफूहरु विश्वस्त रहेको बताएका थिए । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको भन्दै उनीहरुले पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए ।

पूँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको व्यवसायीहरुको भनाइ थियो । आत्मनिर्भर कृषिका लागि राष्ट्रपति माटो प्रवद्र्धन जस्ता परियोजना बनाई राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने समेत चेम्बरले सुझाव दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);