Our Network

मंसिर २३ २०७८, बिहीबार

चूडामणि शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी अर्को पनि मुद्दा दर्ता

काठमाडाैं, १५ माघ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी अर्को पनि मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन आरोपमा मुद्दा दायर गरेको हो । शर्माको ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

शर्मामाथि छानबिन गर्दा ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ । शर्माविरुद्ध कर फस्र्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा गरेको आरोपसहितको मुद्दा विचाराधीन अवस्थामा नै छ ।

झण्डै चार महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माविरुद्ध अर्को मुद्दा दायर गरेको हो । गत बिहीबारको आयोगको बोर्ड बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।