नेसनल ट्रेडिङ लिमिटेड खारेज गर्ने सरकारकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेसनल ट्रेडिङ लिमिटेड खारेज गर्ने सरकारकाे निर्णय

काठमाडौं, १५ माघ । सोमबार सांझ बसेको मन्त्रीपरिषद् बैठकले घाटा चुलिदै गएर संचालन हुन नसक्ने देखिएको भन्दै नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाल यातायात व्यवसायी महासंघको विधानमा चौथो संशोधन गर्ने निर्णय भएको छ।

यसले संघीय संरचनामा जान सहज हुने निष्कर्ष सरकारले निकालेको छ । अनलाईन संचार माध्यम सञ्चालन निर्देशिकाको दोश्रो संशोधन गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु रानीजमरा कुलरीया सिंचाई आयोजना, निलगिरी जलविद्युत् आयोजना, शिवम् सिमेण्ट उद्योग र ढाडखोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय बैठकले गरेको छ ।

बैठकले संघीय संरचनामा संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरु र प्रदेश प्रमुखहरुको मुख्य मन्त्री लगायत सबैको मर्यादा क्रम निर्धारण पनि गरेको सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

त्यसैगरी सरकारले तात्कालिन शसस्त्र द्धन्दमा रहेको माओवादीले विभिन्न चरणमा कब्जामा लिएर मारेका स्याङजाका देवानसिंह राना, देव बहादुर खवास, विष्णु बहादुर चन्द, मिन बहादुर बानिया क्षेत्री, नेत्र नारायण भण्डारी र रणबहादुर गुरुङलाई शहीद घोषणा गरेको छ । २०५८ देखि ६० सालसम्म मारिएकालाई समावेश गरिएको संचारमन्त्री बस्नेतले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);