शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति

काठमाडौं,१६ माघ । कर फर्स्योट आयोगमा सदस्य रहँदा व्यापारिक फर्मलाई दिएको कर छुटमा भ्रष्टाचारको अभियोग खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीनमहानिर्देशक सहसचिव चुडामणि शर्माविरुद्ध पदीय दुरुपयोग गरी चार करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति अकुत आर्जन गरेको अभियोगसहित सोमबार विशेष अदालतमा अर्को मुद्दा दायर गरिएको छ ।

शर्माले पत्नी कल्पना उप्रेती शर्मा र परिवारका नाममा अवैध सम्पत्ति लुकाएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अकुत मुद्दामा शर्मालाई फरार देखाइएको छ । अख्तियारले शर्मा सार्वजनिक सेवामा प्रवेश गरेयता ०७३ साल मंसिर मसान्तसम्मको चल अचल सम्पत्ति जाँच गरिएको जनाएको छ ।

अख्तियारका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले आयोगको निर्णयअनुरूप शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अकुत सम्पत्ति मुद्दा दर्ता गरिएको बताए । ‘शर्माले सेवा अवधिमा आफू र आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका विषयमा संकलित तथ्य प्रमाणउपर छानबिन एवं विश्लेषण गर्दा आयोग अदालतमा मुद्दा लैजाने निष्कर्षमा पुगेको हो’, प्रवक्ता पाण्डेयले भने ।

६ महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबर अवैध सम्पत्ति आर्जनको दाबी गरेको छ । निजामती सेवाको जाँच अवधिमा शर्माले तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आयआर्जन गरेको निष्कर्षमा अख्तियार पुगेको छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);