शर्मा ४५ लाख धरौटीमा रिहा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

शर्मा ४५ लाख धरौटीमा रिहा

45 lakhs dharauti

काठमाडौं, २१ फागुन । विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए। ‘उनकी पत्नी भने अदालतमा हाजिर भएकी छैनन्,’ श्रेष्ठले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्ति मुद्दामा शर्मा आइतबारै अदालतमा उपस्थित भएका थिए।

विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी मागको आदेश दिएको हो। उनीविरुद्ध चार करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो।

यसअघि कर फछ्र्योट आयोगको सदस्यसचिव रहँदा एक अर्ब राजस्व हिनामिना गरेको अभियोगसहित अख्तियारले अर्को मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पनि अदालतले मागेको एक करोड रुपैयाँ धरौटी रकम बुझाएर शर्मा अदालती तारेखमा छन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

ताजा समाचार