अध्ययन र रोजगारीको सिलसिलामा देश छाड्ने युवाको सँख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अध्ययन र रोजगारीको सिलसिलामा देश छाड्ने युवाको सँख्या बढ्दै

काठमाडाैं, १५ माघ । पछिल्लो समय अध्ययन र रोजगारीको सिलसिलामा देश छाड्ने युवाहरुको लर्काे लागेको छ । पढाइ सकेका अधिकांश दक्ष युवा पनि विदेशिने ध्याउन्नमै देखिन्छन् । देशबाट युवाहरु बाहिरिने क्रम नरोकिएसम्म मुलुकको विकास परिकल्पना गर्न नसकिने भन्दै विद्यार्थीहरुले नै सरकारलाई विशेष कार्ययोजना ल्याउन अपिल गरेका छन् ।

राजधानीको किस्ट कलेजका विद्यार्थीहरुले सोमबार ‘स्टे इन नेपाल’ नामक कार्यक्रम आयोजना गरे । बिबिए अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले युवालाई देशमै रोक्न सरकारलाई आग्रह गरे । त्यसका लागि युवा लक्षित नीति तथा कार्यक्रम नयाँ सरकारले तयार गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

मुलुकको समृद्धिमा युवाहरुको भूमिका अहम हुने भन्दै क्याम्पसका शिक्षकहरुले पनि युवालाई देशमा रोक्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सभागिहरुले नेपालको शैक्षिक प्रणालीलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए । निर्वाचनपछि मुलुकबाट युवा विदेशिने क्रम रोकिने अपेक्षा गरिएपनि त्यसो नहुनु विडम्बना भएको उनीहरुको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);