राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

sava nirbachan

५६ मध्ये २४ सिट निर्विरोध, ३२ सिटका लागि ५२ उम्मेदवार चुनावी मैदानमा

काठमाडौंं, १५ माघ  । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । सोमबार आयोगले प्रकाशन गरेको नामावलीअनुसार सात प्रदेशबाट २४ जना निर्विरोध निर्वाचित भएका छन् ।

विभिन्न कलष्टरका २४ सिटमा निर्वाचित हुने संख्या अनुसार नै उम्मेदवारी परेकाले ती उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । योसँगै अब राष्ट्रिय सभा निर्वाचनमा ५६ मध्ये ३२ सिटका लागि प्रतिष्पर्धा हुने छ ।

जसमा ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । निर्वाचनमार्फत प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभामा जाने छन् ।

संविधान अनुसार उक्त संख्यामा कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजना हुनेछन् । यसअघि प्रदेश नम्बर २ मा ८ जना नै निर्विरोध निर्वाचित भएका छन् भने अन्य प्रदेशमा पनि केही उम्मेदवारले नाम फिर्ता लिएपछि कतिपय सिट निर्विरोध भएको हो । प्रदेश नम्बर ३ र ६ को भने ८ वटै पदका लागि निर्वाचन हुने भएको छ ।

राष्ट्रिय सभाको निर्वाचन यही माघ २४ गतेका लागि तोकिएको छ । यसैबीच आयोगले निर्वाचनका लागि माघ २१ गतेसम्म आवश्यक कर्मचारी पठाउने तयारी समेत गरेको छ । मतदान र मतगणना स्थल ७ प्रदेशको उच्च अदालत भएको जिल्लामा तोकिएको छ ।

कुल मतदाता २ हजार ५६ रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मत संकेत कसरी गर्ने भन्नेबारे विभिन्न तालिम प्रशिक्षण आजबाट प्रदेश स्तरमा सुरु गरिएको आयोगले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);