राष्ट्रियसभा निर्वाचनका लागि आज रातीबाट मौन अवधी शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, २१ माघ । आगामी बुधवार हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मध्यराती देखि मौन अवधी शुरु हुँदैछ ।

निर्वाचन सुरु हुने दिन भन्दा ४८ घण्टा अघि मौन अवधी शुरु हुनेछ । मौन अवधीमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा सामाजिक सञ्जाल तथा कुनै पनि प्रविधिको प्रयोग गरेर भोट माग्न प्रतिबन्ध लगाइएको छ ।

मौन अवधीमा चुनाव प्रचारप्रसार गरेको पाइए सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी नै खारेज गर्न सकिने संवैधानिक प्रावधान छ । प्रत्येक प्रदेशबाट ८–८ जना गरी राष्ट्रिय सभा निर्वाचनमा ५६ सदस्य निर्वाचित हुनेछन् ।

यसैबीच, प्रदेश नम्बर २ मा भने सबै ८ जना निर्विरोध भएकाले निर्वाचन गर्नुनपर्ने भएको छ । राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुने ५६ सिटमध्ये २४ जना निर्विरोध भएका छन् भने बांँकी ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);