प्रदेश नम्बर ६ मा सभामुखको निर्वाचन माघ २९ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रदेश नम्बर ६ मा सभामुखको निर्वाचन माघ २९ गते

सुर्खेत, २१ माघ । प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठकले कार्यसूचीमा रहेका सबै एजेण्डा सर्वसम्मतीले पारित गरेको छ ।

जेष्ठ सदस्य हिमबहादु शाहीको अध्यक्षतामा आज बसेको प्रदेशसभाको पहिलो बैठकले प्रदेश संसद सञ्चालन कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचन मिति तय गरेको हो । प्रदेश नम्बर ६ मा माघ २९ गते बस्ने दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुनेछ । आजको बैठकमा एमालेबाट यामलाल कंडले, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, कांग्रेसबाट जीवनबहादुर शाही र राप्रपाबाट शोसीला शाहीले सम्बोधन गरेका थिए ।

बैठकमा संबोधन गर्ने अधिकांश सांसदहरुले आफूहरुकै कारण ६ नम्बर प्रदेश पछि परेके भन्दै समृद्धिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । अब राज्यव्यवस्था पनि परिवर्तन भइसकेको भन्दै सांसदहरुले प्रदेशका स्रोत र साधनको प्रयोग गरेर प्रदेश समृद्धिको बाटोमा लाग्ने बताए ।

ठूलो भूगोल र स्रोत साधनको सम्भावनालाई अवसरका रुपमा लिँदै भौगोलिक विकटताको चुनौतीलाई छिचोल्न सबै एक हुनुपर्नेमा उनीहरुले जोड छ । प्रदेश ६ मा समानुपातिकसहित ४० जना प्रदेश सांसद रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);